|

विराटनगर : प्रदेश नम्बर १ मा वाम गठबन्धनले बहुमत पाएकाले उसैको सरकार बन्ने निश्चित छ। गठबन्धनबाट प्रत्यक्षतर्फ ४६ सदस्य चुनिएका छन्। 

वा संयुक्त, कस्तो सरकार गठन हुन्छ भन्नेबारे एमाले र माओवादी केन्द्रबीच अन्तिम सहमति हुन भने बाँकी छ। सरकारमा सहभागिताबारे केन्द्रमा हुने सैद्धान्तिक सहमतिपछि प्रदेशस्तरमा बन्ने सरकारको खाका तयार हुने नेताहरूले बताएका छन्। उम्मेदवारी दिँदाको जस्तो भागबण्डाका आधारमा सरकारमा सहभागी हुनसक्ने केहीले बताएका छन्।

प्रत्यक्षतर्फ ५६ सिट रहेकामा प्रदेशसभातर्फ एमालेले मात्रै ३६ सिट जितेको छ। माओवादी केन्द्रका १० र ८ जना कांग्रेसका प्रदेशसभामा निर्वाचित भएका छन्। संघीय समाजवादी फोरमका एक र स्वतन्त्र एक जना पनि विजयी भएका छन्।

माओवादी केन्द्रका १ नम्बर प्रदेश संयोजक सावित्रीकुमार काफ्लेका अनुसार छलफल भइरहे पनि प्रदेश सरकारहरू कसरी टुंगो लगाउने भन्ने टुंगो लागिसकेको छैन। केन्द्रीय नेताहरूबीच शुक्रबारदेखि छलफल भइरहेको उनले बताए। सैद्धान्तिक सहमतिपछि आउने निर्देशनअनुसार प्रदेशस्तरमा गृहकार्य हुने उनले बताए।

‘६० ४० तालमेलका अधारमा संघीय सरकारमा पनि सहभागिता गर्दा राम्रो हुन्छ भन्ने छ’, काफ्लेले भने, ‘तर केन्द्रमा छलफल टुंगिएर कस्तो नीति बन्छ भन्ने आधारमा यो तय हुन्छ।’ केही दिन निर्वाचन परिणामको समीक्षा र विजयी उम्मेदवारहरू आफ्नो क्षेत्रका मतृदाता भेट्न व्यवस्त रहेकाले गृहकार्य गर्न बाँकी रहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.