|

बारा : बारामा चुरे क्षेत्रमा प्रदेश भ्यू टावर निर्माण भइरहेको छ। निजगढ– ४ पूर्वटोलस्थित सहिद हिरालाल पार्क क्षेत्रमा निर्माणाधिन भ्यू टावरको निर्माण कार्य ३५ प्रतिशत सकिएको निजगढ नगरपालिकाका इञ्जिनियर अशोक कुशवाहले जानकारी दिए।

२०७५ असार मसान्तसम्ममा निर्माण गर्ने समयसिमा तोकिएको छ। पहिलो पटक २०७४ असार मसान्तसम्म समय पाएकोमा वर्षाका कारण म्याद २०७४ मसान्तसम्म पुर्‍याइएको थियो। अहिले फेरि म्याद थप गरी २०७५ असार मसान्तसम्म निर्माण सक्ने निर्माण कम्पनीको योजना छ।

वर्षायाममा चुरेमा क्षति पुग्दा निर्माण कार्य प्रभावित भएको थियो। अहिले निर्माण कार्य तीव्ररुपमा भइरहेको छ। टावरको फाउण्डेसनको काम सकिएको छ। भ्यू टावर निर्माणको जिम्मा महाकाली निर्माण सेवा कम्पनीले पाएको छ। नगर विकास कोष र निजगढ नगरपालिका कार्यालयले भ्यू टावर निर्माण गर्न लागेको हो। ५८ लाख ४३ हजार लागतमा निर्माण गरिन लागेको टावर प्रदेशकै पहिलो भएको निजगढ नगरपालिकाका सूचना अधिकारी नविन खनालले बताए।

सहिद हिरालाल पार्कलाई समेटेर चुरे पर्वको पानी ढलमा निर्माण गरिने टावर ४५ फिट अग्लो हुनेछ। नगरपालिकाका इञ्जिनियर अशोक कुशवाहले भूकम्पप्रतिरोधी ३ तले टावरको डिजाइन गरेकी हुन्। टावरबाट एकपटकमा २० जनाले पालैपालो हेर्न सकिन्छ। टाबरमा दुईवटा टेलिस्कोप जडान गरिने छ। टेलिस्कोपको माध्यबाट निजगढसहित बारा जिल्लाका विभिन्न गाउँ र सिमावर्ती भारतीय शहरसमेत देख्न सकिने बताइएको छ।

निर्माणाधिन टावरको स्थलगत अनुगमन गर्दैै निजगढ नगर प्रमुख सुरेशकुमार खानालले समयसिमाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। भ्यू टावर, मोहोरी क्षेत्र र हिरालाल पार्कजस्ता पर्यटकीय क्षेत्रको विकास गरेर पर्यटकीय गन्तव्य बनाउने उद्देश्य रहेको प्रमुख खनालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.