|

सिन्धुपाल्चोक: प्रतिनिधिसभा र र प्रदेशसभा निर्वाचन सकिएपछि मतदातालाई धन्यवाद दिएर फर्कंदै गरेका वाम गठबन्धनका नेता कार्यकर्ता सवार बोलेरो भोटेकोसी गाउँपालिका- ३ लार्चाको मोडमा दुर्घटना भएको छ। बा१०प ९५९९ नम्बरको बोलेरो दुर्घटना भएको हो।

दुर्घटनामा चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहन पोखरेलले जानकारी दिए। पोखरेलका अनुसार दुई जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको बताए। बोलेरोमा कोको सवार थिए भनेर जानकारी नआइसकेको प्रहरीले बताएको छ।

गम्भीर घाइते हुनेमा बाह्रबिसे नगरपालिका- ३ खोर्सानीबारीका कुमार श्रेष्ठ र दिलीप श्रेष्ठ रहेका छन्। कुमार एमाले पार्टी जिल्ला कमिटीका पूर्व सदस्य हुन्। गम्भीर घाइते भएकाहरूको बाह्रबिसेमा उपचार हुन नसकेपछि थप उपचारका लागि एक जनालाई धुलिखेल र अर्कालाई काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.