|

काठमाडौं : नेकपा माओवादी केन्द्र र एमालेबीच नयाँ सरकार गठनअघि नै पार्टी एकीकरण गर्ने गृहकार्य अगाडि बढिरहेका बेला एमालेसँग पार्टी एकीकरण नगर्न केही नेताले दबाब दिएका छन्। माओवादी केन्द्रले नयाँ सरकारअघि नै पार्टी एकीकरणको खाका तयार गरेर मात्र सरकार गठन गर्नुपर्ने निर्णय गरेको छ।

तर, पार्टीभित्रै एमालेसँग एकता गर्न नहुनेभन्दै केही नेताले असन्तुष्टि जनाउँदै आएका छन्। पार्टी एकीकरणको गृहकार्य अगाडि बढिरहेको बेला विश्वभक्त दुलाल आहुति, गोपाल किरातीलगायतका नेताले एमालेसँग तत्काल पार्टी एकता गर्न नहुने भन्दै आन्तरिक तयारी थालेका छन्।

चुनावी तालमेलसँगै पार्टी एकीकरण गर्ने माओवादी एमालेबीच ६ बुँदे सहमति भएपछि गोपाल किरातीले पार्टी पुनर्गठन गर्ने धम्की दिएका थिए। तर, प्रचण्डको आग्रहमा किरातीले नोट अफ डिसेन्ट लेख्दै पार्टीमा नै काम गर्दै आएका छन्। चुनावी तालमेलप्रति असहमति नरहे पनि नेताहरुले हतारमा पार्टी एकीकरण गर्न नहुने पक्षमा नेतृत्वलाई दबाब दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.