|

काठमाडौं: साहित्यकार प्रेमा शाहको निधन भएको छ।

अमेरिकामा बसोवास गर्दै आएकी शाहको उपचारका क्रममा ७२ वर्षको उमेरमा बुधबार निधन भएको हो। उनको अमेरिकाको साल्टलेक सिटीस्थित ‘इन्टर माउन्टेन हस्पिटल’मा निधन भएको हो।

शाह छोरी नायिका जल शाहसँग बसोवास गर्दै आएकी थिइन्।

प्रेमा शाहलाई नेपाली साहित्यमा यौन मनोविज्ञानमा कलम चलाउने पहिलो महिला साहित्यकारका रूपमा चिनिन्छ। यौन मनोविज्ञानमा आधारित उनको पहिलो कथासंग्रह 'पहेँलो गुलाफ' २०२३ सालमा प्रकाशन भएको थियो। उनी यस कथासंग्रहबाट नेपाली साहित्यमा निकै चर्चामा आएकी थिइन्।

त्यसपछि उनका २०२८ मा 'विषयान्तर' कथासंग्रह, २०३८ मा बाल कथासंग्रह 'मन्टुको बजैको कथाको पेटारो', उपन्यास 'मम्मी' २०४० मा, संयुक्त लेखन रहेको 'आकाश विभाजित छ' २०३२ सालमा प्रकाशित भएका थिए। त्यस्तै उनको बाल उपन्यास ‘रामेको कथा’ २०४२ सालमा प्रकाशित भएको थियो।

शाहको जन्म वि. सं. २००२ असार १६ गते वीरगन्जको श्रीपुरमा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.