|

बागलुङ : प्रसिद्ध बागलुङ कालिका मन्दिरको वन क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ। बागलुङ नगरपालिकामा पर्ने कालिका भगवती गुठीको जंगलमा आगलागी भएको हो।

मन्दिरबाट उत्तरतिर रहेको गोविन्द स्मृतिद्वारभन्दा तल भिरमा लागेको आगोले त्यहाँका बोटविरुवा जलेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले जानकारी दिए। नेपाल प्रहरीको टोली र स्थानीयवासीले दमकलको प्रयोग गरेर आगो तत्काल नियन्त्रणमा लिएका थिए।

सामान्य ठुटाहरुमा धुँवा उडिरहेको बाहेक वनमा लागेको आगो निभेको बागलुङका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले जानकारी दिए। ‘तुरुन्तै आगो निभाइयो,’ रेग्मीले भने, ‘तत्कालै डढेलो नियन्त्रण भएकाले ठूलो क्षेत्रमा फैलिएर हुनसक्ने क्षति टरेको छ।’

उनले आगो बाटोतिरबाट लागेको देखिएकाले कसैले फालेको चुरोटको ठुटाबाट सल्किएर फैलिएको हुनसक्ने जानकारी दिए। डढेलोले एक रोपनी भन्दा बढीको वनक्षेत्र जल्दा बोटविरुवा तथा काठपात नष्ट गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.