एकैदिन तीन शीर्ष नेतालाई फाेन

|

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिइका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गठनलगत्तै भारत भ्रमणमा आउन अग्रिम निम्तो दिएका छन्। साथै उनले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएको एमालेले जनाएको छ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनै शीर्ष नेतासँग बिहीबार फोन–संवाद गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सफलतापूर्व सम्पन्न गरेकोमा बधाइ दिएका थिए। मोदीले ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने’ विश्वास पनि व्यक्त गरे।

भारतले निर्वाचन सकिएको १० दिनपछि विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको निर्वाचन सफल भएकोमा बधाइ दिएको थियो। त्यसअतिरिक्त यस मामिलामा कुनै प्रतिक्रिया नजनाएको उसले एकैपटक प्रधानमन्त्री तहबाट तीनै शीर्ष नेतालाई फोन गरेर राजनीतिक संक्रमण अन्त्य भई स्थायित्वतर्फ अघि बढ्ने विश्वास व्यक्त गरेका हुन्।

'प्रधानमन्त्री मोदीले निर्वाचन सम्पन्न गराएकोमा उहाँहरूलाइ बधाइ दिँदै नेपालको विकास र स्थायित्वका लागि भारतको साथ र सहयोग रहने बताउनुभयो’, भारतीय दूतावासकी प्रवक्ता रुबी जसप्रीतले भनिन्, ‘उहाँले नेपालमा राजनीतिक स्थायित्व कायम हुने विश्वास र शुभकामना व्यक्त गर्नुभएको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.