|

संखुवासभा : नेपाल टेलिकम खाँदबारी शाखाले विद्युत महसुल नतिरेपछि नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन काटिदिएको छ। टेलिकमले तिर्नुपर्ने २ लाख ७७ हजार रुपैयाँ महसुल नतिरेपछि प्राधिकरणको खाँदबारी शाखाले शुक्रबारदेखि शनिबारसम्म २४ घण्टा लाइन काटिदिएको हो। 

आइतबार विद्युत महसुल बुझाउने सहमतिपछि प्रधिकरणले शनिबार पुन लाइन जडान गरेको प्राधिकरण खाँदबारी शाखाका निमिक्त प्रमुख राजन राईले बताए। आइतबार महसुल बुझाउने सहमति भए पनि आइतबार दिउँसो ४ बजेसम्म पनि टेलिकमले महसुल नबुझाएको निमिक्त प्रमुख राईले बताए। सोमबार पनि महसुल नबुझाए पुन टेलिकमको लाइन काटिने राईको भनाइ छ। टेलिकमले भदौ महिनादेखि मंसिरसम्मको विद्युत महसुल बुझाएको छैन। टेलिकम प्रमुख भीम कटुवाललाई कार्यालय समयमा विद्युत् महसुल बुझाउन पटक–पटक आग्रह गर्दा पनि भेट्ने नसकेको विद्युत प्राधिकरण शाखा कार्यालयका निमित्त कार्यालय प्रमुख राजन राईले बताए।

विद्युत महसुल नबुझाउनेमा जिल्ला अस्पताल खाँदबारीसमेत रहेको छ। अस्पतालले पनि २०७३ फागुनदेखि हालसम्मको २ लाख ९४ हजार ७ सय रुपैयाँ विद्युत महसुल बुझाएको छैन। अस्पताल अन्तर्गतकै नर्स क्वार्टरको ५१ हजार २ सय, डाक्टर क्वार्टरको एक लाख २१ हजार ३ सय रुपैयाँ विद्युत महसुल बक्यौता छ। अस्पतालले पनि विद्युत महसुल नबुझाए लाइन काट्न वाध्य हुने प्राधिकरण जनाएको छ। संवेदनशील क्षेत्र अस्पताल र टेलिकमको लापरवाहीले विद्युत महसुल नबुझाउने र प्राधिकरणले लाइन काट्ने गर्दा सर्वसाधारण पनि समस्यामा पर्ने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.