|

बाँके : बाँकेको कोहलपुरस्थित होटल पप लाइफमा एकजनाको रहस्यमय मृत्यु भएको छ भने बेहोस अवस्थामा भेटिएका अर्का एकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। 

कोहलपुर नगरपालिका-११ का अन्दाजी ३० वर्षीय विकास राईको रहस्यमय मृत्यु भएको हो। मृतक राईसँग नेपालगन्ज उपमहानगरपालिका-१३ का प्रशान्त शाक्य, कोहलपुर नगरपालिका-११ का पवन श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर-१८ का ईश्वर थापा बुधबार सो होटलमा बास बसेको प्रहरीले जनाएको छ। 

उनीहरु होटलको २०३ र २०४ नम्बरको कोठा बुक गरेर बसेका थिए। २०४ नम्बर कोठामा बास बसेका राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनीहरु बसेको कोठामा मदिरा तथा धुम्रपान गरेको पाइएको छ भने प्रहरीले प्रशान्त र ईश्वरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.