|

काठमाडौं : निर्वाचन आयोगले अन्ततः राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्ने भएको छ।

राष्ट्रियसभा गठन पहिले कि प्रतिनिधिसभाको समानुपातकितर्फको सिट संख्या पहिले भन्ने प्रश्नमा आयोगले यसअघि मौनता साँध्दै आएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पठाएको मतपत्रको विवरण प्रमाणीकरण गरी सिट संख्यासमेत तोकिसकिएको छ।

आयोगको समामानुपातिक निर्वाचन अधिकृत कार्यालयले टुंगो लगाएको सिंट संख्या राष्ट्रियसभा गठनपछि मात्र सार्वजनिक गर्ने निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।

आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरिसकेको सन्दर्भमा राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभातर्फको समानुपातिक सिट संख्या निर्धारण संविधान र कानुनम्मत हुने आयुक्त पौडेलको भनाइ रहेको छ। आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई बिहीबार आह्वान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.