|

प्यूठान : बस र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। शनिबार बुटवलबाट बरौलाका लागि छुटेको लु १ ख ४१३८ बस र बरौलाबाट भिंग्रि जादै गरेको लु ३६ प ३३२७ नम्बरको मोटरसाइकल ऐरावती ५ झिवाङमा ठोक्किएको हो।

बसको ठक्करबाट मोटरसाइकलमा सवार स्वर्गद्वारी नगरपालिका ३ कि ४३ वर्षीय विल्ली ठकुरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठकुरीको उपचार गर्न प्यूठान अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो भने मोटरसाइकल चालक गम्भीर घाइते स्वर्गद्वारी नगरपालिका ३ का ३८ वर्षीय गिरुप्रसाद भुसाललाई प्यूठान अस्पतालमा सामान्य उपचार पश्चात भैरहवा रेफर गरिएको छ। बसचालक बुटवल उपमहानगरपालिका १५ का खुमानन्द पराजुली प्रहरी नियन्त्रणमा रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.