|
फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई देशको राजनीतिक मूलधारमा आउन आग्रह गरेका छन्।

निर्वाचनमा विजयी भएकोमा बधाई दिन नयाँ शक्ति नेपालकी नेत्री एवं पत्नी हिसिला यमीसहित आइतबार आफ्नो निवासमा आएका डा. भट्टराईलाई माओवादी अध्यक्ष प्रचण्डले नयाँ किसिमले अगाडि बढ्न आग्रह गरेका हुन्।

सरकार निर्माणको पूर्वसन्धामा प्रचण्ड र डा. भट्टराईबीच देशलाई स्थायित्व दिनेबारे छलफल भएको नेत्री यमीले थाहा खबरलाई बताइन्। 'मुख्य रूपमा स्थायित्वका लागि भनेर जुन एकताको कुरा गर्नुभएको छ नि त्यसका लागि छिटोभन्दा छिटो सरकार बन्नुपर्‍यो', उनले भेटमा आफूहरूले राखेका कुराबारे भनिन्, 'देशले स्थायित्वको माग गरेको छ, यसमा अगाडि बढ्नुपर्‍यो भन्ने कुरा रखेका थियौं।'

डा. भट्टराई दम्पतीका कुरा सुनेपछि प्रचण्डले नयाँ किसिमले सँगै अगाडि बढ्न आग्रह गरेका थिए। प्रचण्डका कुरा उल्लेख गर्दै यमीले भनिन्, 'उहाँहररूले पहिलेदेखि नै मूलधारमा आउनुपर्‍यो भन्नुभएको छ। पहिले पनि उहाँ (डा भट्टराई) बिरामी हुँदाखेरी त्यही भन्नुभएको थियो।'

प्रचण्डलाई सदासयता देखाएकामा धन्यवाद दिँदै देशले स्थायित्व र समृद्धि मागेकोले त्यतातिर ध्यान दिन आग्रह गरेका थिए। दुई नेताबीच करिब आधाघण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि प्रचण्ड र डा. भट्टराईको यो पहिलो भेट हो। डा. भट्टराईले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.