|

रुकुम : रुकुमबाट पोखराका लागि सिधा बस सेवा सुरु भएको छ। रुकुम पश्चिमको सानीभेरी यातायात सेवा समिति र पोखराको पृथ्वी राममार्ग बस सञ्चालक समितिबीच रुकुम पोखरा यातायात सञ्चालन गर्ने सम्झौता भइ आइतबारदेखि बस सञ्चालन गरिएको हो।

पर्यटकीय नगरी पोखरासँग रुकुमलाई जोडेर रुकुमको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रुकुम–पोखरा यातायात सेवा सञ्चालन गरेको सानोभेरी यातायात सेवा समितिका महासचिव वीरबहादुर मल्लले जानकारी दिए।

उनका अनुसार अबदेखि रुकुम पश्चिमदेखि पोखरासम्मका लागि प्रत्येक दिन बस सेवा सञ्चालन हुनेछ भने १ हजार ३ सय ५० भाडादर कायम गरिएको छ। रुकुम–पोखरा सिधा डिलक्स बस सेवा सञ्चालन भएपछि यात्रुहरु खुशी भएका छन्। यसअघि पोखरा जान रुकुमबाट दाङ, नेपालगञ्ज, बुटवल तथा काठमाडौं हुदै बस परिवर्तन गरेर जान सकिने भए पनि अब एउटै बस चढेर पोखरा जान सकिने भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.