|

काठमाडौं : नायिका निशा अधिकारी आमा बन्ने भएकी छिन्। नयाँ वर्ष २०१८ को अवसरमा उनले आफू बन्न लागेको कुरा फेसबुकमार्फत शेयर गरेकी छिन्। निशाले यसै वर्षको असार १६ गते क्रिकेटर शरद भेषावकरसँग विवाह गरेकी थिइन्।

निशाले सामाजिक सञ्जाल फेसबुकमा आफू आमा बन्न लागेको लेखेकी हुन्। उनले आफू गर्भवती भएको ५ महिनाको भइसकेको समेत लेखेकी छिन्। जुन दिनदेखि आफ्नो गर्भमा बच्चा बस्यो त्यही दिनदेखि आफू आमा भइसकेको निशाको भनाइ छ।

निशा नायिका मात्र नभएर फिल्म निर्मात्री पनि हुन्। उनले निर्माण गरेको फिल्म 'झ्यानाकुटी' यसै वर्ष प्रदर्शनमा आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.