यी हुन् धेरै कारोबार र नाफा गर्ने पाँच संस्था

|

काठमाडौं : सोमबार सेयर बजार एकै दिनमा ४४ अंकले उकालो लाग्यो। निरन्तर ओरालो लागेको नेप्से ४४ अंकले वृद्धि भएपछि सोमबार कारोबार बन्द हुँदा १४ सय ३५ अंकमा पुगेको छ।

बजार खुलेदेखि निरन्तर उकालो लागेर दिउँसो ११:५२ बजे २६ अंकले बढेर १४ सय १६ अंक कायम गरेको नेप्से केही समय रोकियो। दिउँसो १२:४७ बजे नेप्से १४ सय १ अंकमा आएकोमा त्यसपछि पुन बढ्न थाल्यो।

बजार बन्द हुने समयसम्म नेप्सेले ३.१८, क वर्गको कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्समा ३.१५ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्समा ३.३२ प्रतिशत वृद्धि कायम गरेको छ। जस अनुसार बजार परिसूचक भने  ४४.२२ अंकले बढेर १४३४.८०, सेन्सेटिभ इन्डेक्स ९.२ अंकले बढेर ३०१.३२ र फ्लोट इन्डेक्स ३.३२ अंकढेर १०३.२२ अंक कायम रह्यो।

समूहगत परिसूचकतर्फ सेयरबजारमा सबैभन्दा ठूलो हिस्सा रहेको वाणिज्य बैंक अन्तर्गतका परिसूचक ४२.५२ अंकले वृद्धि भयो। त्यस्तै विमा अन्तर्गतका परिसूचक र होटल अन्तर्गतका परिसूचक सबैभन्दा धेरै क्रमश २७०.८ र १११.५७ अंकले वृद्धि भए।

यी हुन् धेरै कारोबार र नाफा गर्ने पाँच संस्था

सोमबार सबै भन्दा बढी कारोबार गर्ने पाँच संस्थामा स्ट्याण्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्सुरेन्स कम्पनी, राष्ट्रिय विमा कम्पनी लिमिटेडको प्रमोटर सेयर र चिलिमे हाइड्रो पावर रहेका छन्। यी कम्पनीले क्रमश २ करोड ८८ लाख ६२ हजार, २ करोड ६७ लाख ४४ हजार, १ करोड ८६ लाख ४५ हजार, १ करोड ६७ लाख ७१ हजार र १ करोड ५८ लाख ८३ हजार रुपैयाँको कारोबार गरेका छन्।

धेरै नाफा कमाउने पाँच संस्थामा राष्ट्रिय विमा कम्पनी लिमिटेडको प्रमोटर सेयर, राष्ट्रिय विमा कम्पनी लिमिटेड, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड, मिथिला लघुवित्त विकास बैंक र हिमालय बैंक लिमिटेड रहेका छन्। यी संस्थाले क्रमश: अघिल्लो दिनको तुलनामा १ हजार ५०, १ हजार ११०, १०, ८४, र ४६ अंकले वृद्धिदर कायम गरेका छन्।

सेयर बजारमा के को प्रभाव पर्‍यो?

गत साताको अन्तिम दुई दिन र यस साताको पहिलो दिन गरी नेप्से ७० अंकले ओरालो लाग्यो। यसको सोझो प्रभाव बैंकहरुमा लगानी योग्य पूँजी (तरलता) अभाव देखिएको थियो।

बैंकहरुले सर्वसाधारणको निक्षेपलाई एक पछि अर्कै बैंक गर्दै ब्याजदर बढाउँदै जाँदा १३ प्रतिशतसम्मको ब्याज दिन थालेपछि सेयर बजारमा प्रभाव परेको लगानीकर्ताको भनाइ छ। 'एउटै पैसा बजारमा घुम्ने हो, बैंकहरुमा तरलता अभाव र बैंकहरुले कर्जामा व्याजदर निरन्तर बढाएपछि त्यसको प्रभाव बजारमा देखिएको थियो' एक लगानीकर्ताले थाहाखबसँग भने।

नेपाल स्टक एक्स्चेन्जका महाप्रवन्धक चन्द्रसिंह साउदले बजारमा तरलता अभावको सोझो प्रभाव सेयर परेको बताए। 'बैंकहरुमा तरलता अभाव हुँदा त्यसको छाँया सेयर बजारमा देखिएको हो' साउदले भने।

सोमबार एकै दिनमा यसरी नेप्से उकालो लाग्नु नेपाल राष्ट्र बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुले गरेको निर्णयको प्रभाव पनि देखिन्छ।वाणिज्य बैंकहरुको प्रतिनिधिमूलक संस्था बैंकर्स संघले बैंकहरुले निक्षेपको व्याजदर १२ प्रतिशत भन्दा बढी नबढाउने भद्र सहमति गरेका थिए। २८ वाणिज्य बैंकहरुमध्ये २५ बैंकका सिइओहरु बैठकपछि यसरी व्याज बढाउँदा बैंकहरुमा थप समस्या पर्न सक्ने भन्दै व्याज १२ प्रतिशत भन्दा बढी ब्याज नबढाउने सहमति गरेका थिए।

त्यस्तै नेपाल राष्ट्र बैंकले बजारमा रहेको तरलता अभाव समधान गर्न बजारमा ५ अर्ब रुफेयाँ निस्कासन गरेको थियो। त्यस्तै राष्ट्र बैंकले बुधबार थप १० अर्ब रुपैयाँ निश्‍कासन गर्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.