|
फोटोः दीपक केसी/थाहाखबर

काठमाडौं : चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा विकास गर्नपर्ने उद्देश्यका साथ नेपालमा तीनदिने चौथो नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव शुक्रबारबाट सुरु भएको छ।  

मानवअधिकार चलचित्र केन्द्रको आयोजनामा आजदेखि ३० गतेसम्म ललितपुरको स्टाफ कलेजमा सञ्चालन हुँदैछ। महोत्सवमा उत्पीडित, न्यायको अनुभूति गर्न नपाएका समुदायको आवाज मुखरित गर्न नसकेको परिप्रेक्ष्यमा विश्वभरि निर्माण गरिएका चलचित्रको प्रदर्शनी गरिने बताइएको छ। 

महोत्सवका निर्देशक पाण्डव खत्री पौडेलले मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका चलचित्र महोत्सवमा प्रदर्शन गरिने जानकारी दिए।

महोत्सवमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अष्ट्रेलिया, कम्बोडिया, अमेरिकालगायतका १३ देशका ३२ वटा चलचित्र प्रदर्शनी गरिने आयोजकले जनाएको छ। 

यीमध्ये प्रतियोगितातर्फ पाँचवटा नेपाली चलचित्रसहित ३२ वटा चलचित्र रहनेछन्। त्यसैगरी नेपाल कर्नरअन्तर्गत चारवटा र ‘अतितका आँखा’, अन्तर्गत मोहन मैनालीको जोगीमाराका जिउँदा र धु्रव बस्नेतको ‘रक्ताम्य गरा’ प्रदर्शन गरिने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.