|

कपिलवस्तु : कपिलवस्तुमा ट्रयाक्टरको ठक्करबाट १५ महिने बालकको मृत्यु भएको छ।  महाराजगञ्ज नगरपालिका-५, इटरोलमा ट्रयाक्टरको ठक्करबाट मंगलबार दिउँसो बालकको मृत्यु भएको हो। इटरोेल निवासी दीपराज अहिरका छोरा नवराजको मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।

बालक सडकमा निस्कने क्रममा लु३त ९१२४ नंम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ।

शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुवासचन्द्र गैरेले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.