|

काठमाडौं : स्थानीय तह दोस्रो चरणको चुनाव सकिएकै दोस्रो दिन निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आग्रह गरे– प्रदेश, राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरियोस्।

आयोगको प्रस्ताव थियो– असोज ३० गते प्रदेश, कात्तिक १५ गते राष्ट्रियसभा र मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचन मिति तोक्न उपयुक्त हुन्छ। सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सँगै गरौं भन्ने प्रस्ताव ल्यायो। दलहरूसँग छलफल बढायो। त्यतिबेलै आयोगको भनाइ थियो– ‘त्यसमा प्राविधिक र कानुनी जटिलता छ।’ चुनावको तयारी र व्यवस्थापनमा समस्या थियो नै, अहिले चलिरहेको बहसबारे आयोगले उही बेला सरकार र दललाई सजग गराएको थिलयो।

प्रमुख आयुक्त अयोधिप्रसाद यादवले त्यतिबेलै भनेका थिए– संविधानअनुरूप पहिले राष्ट्रियसभा गठन अनिमात्र प्रतिननिधिसभा। राष्ट्रियसभा गठनका लागि स्थानीय तह र प्रदेशसभाको गठन भइसक्नुपर्ने भएकाले ती निर्वाचन पहिले भइसक्नुपर्ने यादवको भनाइ थियो।

आयोगले ६ महिनाअघि स्मरण गराएको कानुनी प्रक्रिया अहिले बहसमा छ। तर बिल्कुलै नयाँजस्तोगरी प्रस्तुत गरिएको छ। वाम गठबन्धनको सरकार बन्न नदिन र विशेषगरी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न स्वदेशी–विदेशी शक्तिहरू लागेको प्रचार गरिँदैछ। तिनै शक्तिको इसारामा आयोगले कानुनी अडचन सिर्जना गरेको भनिँदैछ।

६ महिनाअघि संविधानमा जे थियो, अहिले पनि त्यही छ। यसबीच संविधान संशोधन भएको छैन। बरु अन्य विषयमा गरिएको संशोधनको एक पटकको प्रयास विफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.