|

विराटनगर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदबाट राजीनामा दिनु नै उपयुक्त हुने बताएका छन्।

विराटनगरमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले निर्वाचनको नतिजा सार्वजनिक भइसकेपछि अहिलेको परिस्थितिमा प्रधानमन्त्री देउवाले आफ्नो पदबाट राजीनामा दिए राम्रो सन्देश जाने बताएका हुन्।

संविधानअनुसार सरकार छोडिहाल्नुपर्ने आवश्यकता नरहेको भए पनि प्रजातान्त्रिक मुलुकमा पराजय भोगेपछि पदबाट राजीनामा दिनु नै उपयुक्त हुने उनको धारणा छ।

उनले आगामी संसद्मा आफ्नो पार्टीले सत्ताको चलखेलमा नलागी विपक्षमा बस्नुपर्नेमा जोड दिए।  जनताले कांग्रेसलाई वाम गठबन्धन तोड्ने नभएर विपक्षमा बसेर सरकारका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने म्यान्डेट दिएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.