|

हुम्ला : सदरमुकाम सिमकोटदेखि ५० कोष दूरीमा पर्ने ताजाकोट गाउँपालिका–५ मा चिसोका कारण दुई जनाको मृत्यु भएकाे छ। बढ्दो चिसाका कारण रुघाखोकी र ज्वरोबाट की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको मृत्यु भएको छ। 

हिमपातले चिसो बढेपछि वृद्धवृद्धा खोकी र घाँटी दुखाइले ग्रस्त भएका छन्। दक्षिणी भेगमा पर्ने सर्केगाड गाउँपालिकाअन्तर्गत वडा नं ७ र ८ रोडिकोट गाउँमा पनि पुसको दोस्रो साता चिसोकै कारण  ६ जनाको मृत्यु भएको थियो। ९१ वर्षीय भ्याले कार्की, ८८ वर्षीय खैरे शाही, ७८ वर्षीय गोरे जैसी र ५० वर्षीय शंकर रोकायासहित छ जनाको पनि मृत्यु भएको हो। 

हुम्लाका निमित्त प्रजिअ ऋद्धिप्रकाश सिटौलाले तत्काल उक्त गाउँपालिकामा गई उपचार गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएपछि बुधबार डा. नवीन रोकायासमेत पाँच जनाको टोली औषधि लिएर त्यसतर्फ गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.