|

काठमाडौं : प्रदेशको राजधानी कहाँ होला? प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख र मन्त्रीहरू को–को बन्लान्? यी प्रश्नको जवाफसँगै प्रदेश सरकारअन्तर्गतका कार्यालय र उच्च पदस्थहरूको निवासको संरचना कस्तो होला भन्नेबारे पनि सबैको चासो छ।

यही चासो र सरोकारका बीच सहरी विकास मन्त्रालयले प्रदेशसभा भवन, प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्री, प्रदेशसभा हल, ६ प्रदेश सचिवको कार्यकक्ष र निवासको स्थायी ढाँचाको प्रारम्भिक प्रस्ताव तयार पारेको छ। तत्काल बन्ने अस्थायी संरचनाका लागि समेत यसैलाई आधार बनाइने मन्त्रालउका एक उच्च अधिकारीले जानकारी दिए। मन्त्रालयले कार्यालयहरूका अतिरिक्त निवासको प्रारम्भिक ढाँचा पनि तयार पारेको छ।

मन्त्रालयको प्रस्तावअनुसार प्रदेश प्रमुख कार्यालयको कुल क्षेत्रफल एक सय ६९ वर्गमिटर हुनेछ जसमा कार्यकक्ष, बैठक कक्ष, पीए कक्ष, पीए प्रशासनिक कक्ष, प्राइभेट कक्ष र शौचालय रहनेछन्। प्रमुखको कार्यकक्षमा करिब २६ लाख रुपैयाँको फर्निचर लाग्नेछ। त्यसैगरी प्रदेश मुख्यमन्त्रीको कार्यालय ९८२ वर्गमिटरको हुनेछ जसमा मुख्यमन्त्रीको कार्यकक्ष, बैठक कक्ष, निजी तथा प्रशासनिक कक्ष र प्रतीक्षालय रहनेछन्।

त्यसबाहेक सोही कार्यालयअन्तर्गतनै एक प्रदेश मुख्यसचिवको कार्यकक्षसमेत रहनेछ। यसअन्तर्गत एउटा कार्यकक्ष बैठक कक्ष, पीए कक्ष, एउटा प्रतीक्षलय र प्राइभेट कक्ष रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.