|

सुनसरी : आगो ताप्ने क्रममा सुनसरीको इटहरीमा दुई बालिकाको निस्सासिएर मृत्यु भएको छ। त्यस्तै उनीहरुका आमाबाबुको अवस्था गम्भीर छ।

इटहरी उपमहानगरपालिका ६ मा डेरा गरी बस्ने आलम मियाँका छोरीहरुको निस्सासिएर मृत्यु भएको हो। मृत्यु हुनेमा आलमकी ७ वर्षीया छोरी आलीया मियाँ र २ वर्षीया आयात मियाँ रहेका छन्। उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो भने उनीहरुका आमाबाबुको गम्भीर अवस्थामा उपचार भइरहेको छ।

अत्याधिक चिसो बढेपछि कोठा भित्र भुसे चुलो बालेर बालिकासहित आलम दम्पती आगो ताप्नेक्रममा धुँवाले निस्सासिएका हुन्। उनीहरु चारैजना बसेको कोठाको भेण्टिलेसन समेत बन्द रहेकाले निसासिएर घाइते भएका थिए।

भुसको चुलोमा आगो बालेको र बन्द कोठामा अक्सिजन अभाव भएकोले स्वासप्रस्वासमा समस्या भइ निस्ससिएर मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जानकारी दिएको छ। मियाँको परिवार सोमबार विहान १० वजेसम्म पनि नउठेपछि छिमेकीहरुले गएर हेर्दा सबैजना बेहोस अवस्थामा भेटिएका थिए। उनीहरुलाई उपचारका लागि विराटनगर लगिएको थियो।

घाइते आलम मियाँ र उनकी पत्नी पत्नी २८ वर्षीया फोसीला खातुनको विराट टिचिङ हस्पीटलमा उपचार भइरहेको छ। दुवैजनाको अवस्था गम्भीर रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.