|

काठमाडौं : अनुष्‍का शर्माद्वारा अभिनित फिल्म 'परी'को ट्रिजर सार्वजनिक भएको छ। आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मले ट्रिजर सार्वजनिक गरेको हो। ट्रिजरमा अनुष्‍का शर्मा मात्र देखिएकी छन्। ट्रिजरको सुरुआतमा सुन्दरी देखिने उनी अन्त्‍यमा पुग्दा डरलाग्दो अवतारमा देखिन्छिन्।

'परी'ले ९ फेब्रुअरीलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो। तर, यस मितिमा फिल्म 'ऐयारी' प्रदर्शनमा आउने भएपछि प्रदर्शन मिति पछिसरेको छ। अब भने 'परी' २ मार्चमा प्रदर्शन हुनेछ।

प्रोसित रोय निर्देशित फिल्म 'परी'मा अनुष्कासँगै रजत कपुर, परमव्रतत चट्टर्जी र रिताभरि चक्रवर्तीको मुख्य भूमिका रहेको छ।

हेर्नुहोस् ट्रिजर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.