|

काठमाडौं : नेपाल चेम्वर अफ कमर्शले तीन पूर्व अध्यक्षको नाममा स्थपना गरिएको अवार्ड अर्थ क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउने तीन  जनालाई दिएको छ। बिहीबार चेम्वरको ६७ औँ वार्षिक उत्सवको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन बाट यो अवार्ड प्रदान गरिएको हो।

पूर्व अध्यक्षहरु स्व. वनवारीलाल मित्तल, स्व.ईन्द्रभक्त श्रेष्ठ र स्व.ईश्‍वरलाल श्रेष्ठको नाममा स्थापना गरिएको अवार्ड नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार, व्यवसायी शिवकुमार अग्रवाल र गणेशभक्त साखलाई दिइएको हो।

मित्तलको नाममा खडा गरिएको वनवरीलाल मेमोरियल अवार्ड पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदा गरेको भन्दै वायु सेवा निगमका महाप्रवन्ध कंसाकारलाई प्रदान गरिएको छ। त्यस्तै स्व. ईन्द्रभक्त श्रेष्ठको नाममा स्थपाना गरिएको ईन्द्रभक्त ममोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा ५० वर्षदेखि योगदान गरेको नाममा उद्योगी शिवकुरमार अग्रवाललाई दिइएको छ।

त्यस्तै स्व. ईश्‍वरलाल श्रेष्ठको नाममा स्थापना गरिएको लाइफ टाइम एचीभमेन्ट अवार्ड चेम्वर अभियानमा सक्रिय रहेको भन्दै व्यवसायी गणेशभक्त साखलाई अवार्ड दिइएको छ। त्यस्तै ४० वर्ष निरन्तर नेपाल चेम्वर अफ कमर्शको विभिन्न पदमा बसी काम गरेका उपाध्यक्ष ज्ञानेन्द्रलाल तुलाधरलाई चेम्वरले विशेष सम्मान दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.