|

काठमाडौं:  सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सञ्चारमाध्यममा क्लिन फिड नीति लागू गर्ने तयारी भइरहेको बताएका छन्। गत साउन १ गते देखिनै लागू गर्ने तयारी भएपनि तयारी नपुगेको भन्दै त्यतिबेला रोकिएको थियो।

क्लिन फिडले नेपाली विज्ञापन व्यवसायलाई अझै परिस्कृत गर्ने बताउँदै मन्त्री बस्नेतले सवैसँग छलफल गरेर अघि बढ्ने पनि प्रतिवद्धता जनाए। नेपाल विज्ञापन संघको १८ औँ बार्षिक साधारण सभामा बस्नेतले यस्तो जानकारी गराएका हुन्। उनले विज्ञापन व्यवसायलाई उद्योगको रुपमा विकास गर्न आवश्‍यक रहेको प्रतिक्रिया दिएका छन्।

संघका अध्यक्ष सन्तोष श्रेष्ठले अहिले ६ अर्बको विज्ञापन व्यवसाय रहेको बताएका छन्। उनले क्लिन फिड लागु भएमा यो व्यवसाय दोब्बरले वृद्धि हुने दाबी गरे। विज्ञापन संघका संस्थापक अध्यष वशिंधर पौडेलले राष्ट्रिय विज्ञापन नीति तयार भएपनि अहिले सम्म लागू नहुनु दुःखद विषय भएको टिप्पणी गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.