|

फेसबुकले व्यवसाय, ब्राण्ड र मिडियालाई महत्त्व दिएर न्युज फिडमा परिवर्तन गर्ने भएको छ।

यसको साटो परिवार र साथीभाइको कुराकानीलाई महत्त्व दिने फेसबुकका प्रुमख कार्यकारी मार्क जुकरबर्गले आफ्नो पेजमा पोष्ट गरेका छन्। उनले यसको फलस्वरूप ती संगठनहरूले आफ्नो पोष्टको लोकप्रियता घटेको महसुस गर्ने स्वीकारेका छन्।

फेसबुकले ल्याउन लागेको उक्त परिवर्तनको अर्को साता लागू भइसक्नेछ।

‘हाम्रा पोष्टहरूबाट हामीले के फिडब्याक पायौँ भने व्यवसाय, ब्राण्ड र मिडियाका पोष्टहरूले हामीलाई एकआपसमा जोड्नबाट टाढा बनाए।’ जुकरबर्गकले पोष्टमा उल्लेख गरेका छन्, ‘हाम्रो टिमले प्रयोगकर्तालाई फेसबुक खुसीका लागि उपयोगी छ भनेर सुनिश्चित गर्नु हाम्रो दायित्व हो।’

यदि सार्वजनिक विषयलाई प्रवर्द्धन गरियो भने यसले सामुदायिक विषयमा कुराकानी गर्न प्रोत्साहित गर्ने पनि उनले उल्लेख गरेका छन्।

‘यो परिवर्तनले मानिसले फेसबुकमा बिताउने समय केही कम हुने मैले विश्वास लिएको छु’, जुकरबर्गकले आफ्नो पेजमा उल्लेख गरेका छन्, ‘तर, उनीहरूले फेसबुकमा बिताएका ती क्षण महत्त्वपूर्ण हुनेछन्।’

यसअघिको पोष्टमा जुकरबर्गले सन् २०१८ मा फेसबुकलाई ठीक भन्दै यसको दुरूपयोग रोक्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.