|

काठमाडौं:  दक्षिण एसियाली हस्तकला महोत्स सुरु भएको छ। गरिबी निवारण कोषको आयोजनामा काठमाडौंको होटल अन्नपूर्णमा महोत्सव शुक्रबारबाट सुरू भएको हो। तीन दिने महोत्सवमा नेपाली कालिगढहरुले उत्पादन गरेका विभिन्न हस्तकला सामग्रीहरुको प्रदर्शन गरिएको छ। 

महोत्सवमा ‘नेपाल–को’ ब्राण्ड औपचारिक रुपले सार्वजनिक गरिएको छ। कोषले नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल–को’ ब्राण्ड–नाउँ दिएर राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो। 
महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिएका छन। महोत्सवमा उद्घाटनको क्रममा अर्थमन्त्री कार्कीले नेपाली हस्तकला सामग्रीहरुको बिभिन्न देशहरुमा उच्च माग रहेको चर्चा गर्दै यो क्षेत्रले नेपाली अर्थतन्त्रलाई सबल बनाउन सक्ने प्रचूर सम्भावना रहेको बताए।

गरिबी निवारण कोषका उपाध्यक्ष डा. यमबहादुर थापाले हस्तकला उद्योगको दीगोपनाको लागि यसको डिजाईन, क्षेत्रीय तथा राष्ट्रिय तहमा प्रवर्द्धन, नीतिगत स्पष्टता र निर्यातलगायतका विषयमा ध्यान दिनुपर्ने बताए। यस्तै कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषले हस्तकला सामग्रीहरुलाई दैनिक प्रयोगमा प्रवद्र्धन गर्ने संस्कृतिको विकास गर्न चाहेको बताए। कार्यक्रममा विश्व बैंकका प्रतिनिधि विज्ञान प्रधानले यस आयोजनाले सबै सूचक र लक्ष्य पूरा गरेको जानकारी गराए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.