|

काठमाडौं : निजामती कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागगिर छोड्ने सम्भावना छ। सरकारले स्वेच्छिक अवकाशको योजना ल्याएपछि आठदेखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले जानकारी दिए।

निजामती कर्मचारीहरूले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आँकलन गरिएको छ। सरकारी सेवामा ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवाअवधि पार गरेका निजामती कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गरिएको छ।

‘सरकारले ढिलै भए पनि राम्रो कामको सुरुवात गरेको छ। मन्त्रिपरिषदबाट समेत निर्णय भएकाले अब सरकारले पक्कै कार्यान्वयन गर्छ’, कोइरालाले भने, ‘यो वर्षदेखि आगामी सात वर्षसम्म एकमुष्ठ निवृत्तिभरण उपलब्ध गराइनेछ र आठ वर्षमा प्रवेश गरेपछि मासिक पेन्सन उपलब्ध गराउने भनिएको छ।’

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालेकोको बताइएको छ। कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएपछि समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाबको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.