|

झापा (दमक) : झापाको दमकस्थित रतुवा पुलमा शनिबार बिहान ३ वटा सवारीसाधन एकापसमा ठोकिएर दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। 

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१ख १७१० नम्बरको बस,  विपरीत दिशाबाट जाँदै गरेको को१ख ३६५९ नम्बरको बस एक आपसमा ठोकिएका थिए। सोलगत्तै पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ त ४७५४ ट्रयाक्टर पुन बससँग ठोकिएर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका दुवै बसका चालक गम्भीर घाइते भएका छन्। पुलको मध्यभागमा दुर्घटना भएका कारण करिब २ घण्टा पूर्व पश्चिम राजमार्गको सो सडक खण्डमा सवारीका साधन चल्न सकेनन्।

घाइते हुनेहरुमा कन्काई ५ निवासी १६ वर्षीया कृपा भुजेल, विराटनगर २ निवासी १५ वर्षीया  भवना कामत,  बस चालक कन्काई नगरपालिका निवासी २९ वर्षीय लक्ष्मी कुमाल, खादवारी १ निवासी ७४ वर्षीया चन्द्र माया लिम्बू, ७८ वर्षीया गणेश देवी लिम्बू, ६७ वर्षीया बुधसैन लिम्बू, रामधोनी ५ निवासी सवारी चालक चुलहाई चौधरी र  चुलाचुली १ निवासी रामबहादुर राई रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.