साउदीमा महिलामाथि पूरुषले खेल्ने कुनै पनि खेल हेर्न रोक थियो

|

साउदी अरेबियाको व्यवसाहिक लिग फुटबलअन्तर्गत शुक्रबार भएको अल अहलि र अल बाल्टिनबीचको फुटबल खेलमा ठूलो संख्यामा महिला दर्शकहरु उपस्थित भएका छन् । अल अहलीले बाल्टिनलाई ५-० ले हराएको यो खेल महिलाले रंगशालामै आएर हेरेको पहिलो फुटबल खेल हो ।

किंग अब्दुल्लाह स्पोर्टस् सिटी रंगशालामा पहिलो पटक उपस्थित भएर महिलाहरुले पूरै खेलको मज्जा लिए । खेलमा अल अहलिबाट महोहमद्द असिरी र सलमान अल मोसरले २-२ तथा गियानिस फेटफाटजिडिसल १ गोल गरेका थिए ।

यसअघि साउदी महिलालाई टेलिभिजनमार्फत मात्रै खेल हेर्न छुट थियो । पूरुषले खेलका कुनै पनि खेल उनीहरुले रंगशाला आएर हेर्न पाउँदैन थिए ।  सन् २०१४ को डिसेम्बरमा खेल हेर्न लुकेर रंगशाला छिरेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर राजकुमार महोमद्द बिन सलमानले अधिकार आफ्नो हातमा लिएपछि गत जुनदेखि परम्परात प्रचलनहरु तोड्न थालेका छन् । उनले साउदीलाई उदारवादी मुस्लिम देश बनाउने घोषणा गरेका छन् । रियाद, जेद्दान र पूर्वी शहर दम्मामस्थित रंगशालाहरुमा महिलाहरुलाई लागि विशेष कक्ष छुट्याउन थालिएको छ ।

यसअघि गत सेप्टेम्बरमा रियादस्थित रंगशालामा राष्ट्रिय दिवसका अवसरमा आयोजित खुसीयाली कार्यक्रममा पनि महिलालाई प्रवेश दिइएको थियो ।

खेल हेर्न पाउने भएपछि महिलाहरु निकै खुसी देखिएका छन् । शनिबारको खेलमा लिग लिडर अल हिलालले अल इतिहादको सामना गर्दैछन् । अल हिलालकी समर्थक २२ वर्षीया गदाह गरले खेल हेर्ने व्यग्र प्रतिक्षामा रहेको बताइन् । ‘ यो विश्वास गर्न गाह्रो भइरहेको छ कि टिभीमा देखेका खेलाडीहरुको खेल म प्रत्यक्ष हेर्दैछु । मलाई यसरी खेल हेर्ने रहर लामो समयदेखि थियो । आज सपना पूरा हुँदैछ ,’ उनले भनिन् । महिला अधिकारकर्मीहरुले साउदी सरकारको यस निर्णयको स्वागत गरेका छन् भने धार्मिक कट्टरपन्थी नेताहरु विरोधमा देखिएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.