छापा

जाजरकोटको भाइरल ‘एच थ्री एन टु’
SHARES

पुस ३०, २०७४

    जाजरकोट : जुनचाँदे गाउँपालिकामा तीन सातादेखि फैलिएको भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ अर्थात् ‘सिजनल फ्लु’ भएको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले रोगको पुष्टि गरेको हो।

    पाँच बिरामीमध्ये एक जनामा भाइरल इन्फ्लुएन्जा टाइप ए ‘एच थ्री एन टु’ फेला परेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए। बिरामीको नमुना रगत संकलन गरेर केही दिनअघिमात्र प्रयोगशालामा पठाइएको थियो। अन्य चार जनामा भने कुनै प्रकारको लक्षण नदेखिएको शताइएको छ।

    ‘एक जनामा देखिएको पनि सामान्य खालको सिजनल फ्लुको लक्षण हो’, उनले भने, ‘यो जाडो समयमा लाग्ने सामान्य रुघाखोकी हो। एच वान एन वान भनेको स्वाइन फ्लु को, त्योभन्दा यो अलि कमजोर खालको हो। यसबाट धेरै आत्तिनुपर्दैन।’

    हालसम्म रुघाखोकी र ज्वरोका एक हजार ५५ जनाको उपचार गरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। प्रभावित क्षेत्रमा हाल चार चिकित्सकसहित १७ स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

अन्नपूर्ण पोस्ट

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]