|

काठमाडौं : आज माघे संक्रान्ति। धेरैजसो नेपाली समुदायले यस दिनलाई विशेष रूपमा मनाउँछन्। हिन्दू धर्मावलम्बीले माघेसंक्रान्ति मनाइरहँदा थारू समुदाय नयाँ वर्षको रूपमा माघी पर्व मनाउने चलन छ। भने काठमाडौं उपत्यकाको नेवार समुदायमा ‘घ्यो चाकु सन्हु’मा मानाउने गरिन्छ। माघे सक्रान्ति पर्व मगर समुदायको मुख्य पर्व हो। मगर समुदायमा समेत आजको दिनमा चेलिबेटी पुज्ने गरिन्छ।

माघे संक्रान्तिमा काठमाडौं उपत्यकामा चाकु, उसिनेको तरुल, तिलको लड्डु पालुंगोको तरकारी लगायतका पदार्थ खाने चलन छ। पहाडी भेगमा खिचडी, फुलौरा, सेल, गुड र तिलका परिकार बनाएर खाइन्छ।

आजको दिन माटोमुनि फलेका बालीको रूपमा तरुल, सखरखण्ड, पिडालुका साथै चाकु, तिलको लड्डु पनि खाने प्रचलन छ। हाम्रा धेरैजसो चाडपर्वमा खाइने खानेकुरा समय र शरीरको आवश्यकताअनुसार पनि निर्धारण गरिएको हुन्छ। आजको दिन खाइने यस्ता खानेकुराले शरीरलाई शक्ति दिनुका साथै, आवश्यक पोषकतत्वसमेत पूर्ण गरिदिन्छ।

अन्य समयको तुलनामा जाडो महिनाममा माघे सक्रान्तिमा खाइने तरुल, सखरखण्ड, घिउ चाकु लड्डु उपयोगी हुन्छ। भदौपछि सुरु हुने चिसो मौसम पुस माघमा उत्कर्षमा पुग्छ। माघको एक गते अर्थात् माघे सक्रान्तिको दिन धेरै जाडो हुन्छ। जाडोको वेलामा शरीरमा अन्यबेलाको तुलनामा मोटाबोलिजमु धेरै हुन्छ र खाना रुच्ने हुन्छ। यसवेला हामीलाई छिटोछिटो भोक लाग्छ। यस्तो वेलामा तिलको लड्डु, तरुल, चाकु, सखरखण्ड जस्ता खाने कुराले शरीरलाई आवश्यक शक्ति दिन्छ र रोगसँग लड्ने शक्तिसमेत प्रदान गर्छ।

  तरुल

पर्याप्त मात्रामा कार्बोहाइड्रेड हुने हुनाले यसलाई शक्तिवर्द्धक खानेकुराको रूपमा लिइन्छ। अन्य मौसमको तुलनामा जाडो मौसममा शरीरलाई न्यानो राखिराख्न धेरै शक्ति चाहिन्छ। जुन शक्तिको पूर्ति तरुलबाट पूरा गर्छ। तरुण रेशादार खानेकुरा भएकाले पनि हाम्रो शरीरमा कब्जियतको समस्या कम गर्न सहयोग गर्छ। तरुलमा मानव शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्वहरू म्याग्नेसियम, क्याल्सियम, फस्फोरस आदि पनि पाइन्छ। यस्तै, तरुलमा पाइने सूक्ष्म पोषक तत्वले चिसोबाट बचाउन मद्दत गर्छ। तरुलको नियमित सेवनले बाथ रोग भएका व्यक्तिहरुलाई निकै फाइदा गर्छ। साथै तरुलमा हुने एन्टी अक्सिडेन्ट, भिटामिन सी, ई तथा बी क्यारोटिनले क्यान्सर प्रतिरोधी तत्वको रुपमा काम गर्छ। यो क्यान्सरको कारक तत्वको रूपमा रहेका फ्री रेडिकल्ससँग लड्दछ। तरुल दमरोगीका लागि पनि फाइदाजनक हुन्छ। तरुणलाई  अफ्रिकातिर त यसलाई प्रमुख खाद्मान्नकै रूपमा प्रयोग गरिन्छ। धेरैले तरुललाई चिसो खाद्मान्यको रूपमा लिने गरेको पाइन्छ। हाम्रो शरीरमा चाहिने धेरै पोषण तत्वहरु तरुलमा पाइने भए पनि मधुमेहका बिरामीहरुले भने सकभर कम खाने गर्नुपर्छ। तरुणमा हुने चिनीको मात्राले मधुमेहका बिरामीहरुलाई भने फाइदा गर्दैन।

चाकु

 माघे सक्रान्तिमा खाइने अर्को खाने कुरा हो चाकु। सख्खरबाट बनाइने भएकाले चाकुमा  प्रशस्त मात्रामा कार्बोहाइड्रेड  हुन्छ। चाकुमा हुने कालो पदार्थमा प्रशस्त आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै  रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ।

 यस्तै, माघे सक्रान्तिमा मासको दाल, घिउ र चामल मिसाइ पकाइएको खिचडी खाने चलन छ। खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई छालासम्बन्धी र अन्य रोग सन्चो हुन्छ। यसका साथै मास आजकै दिन खाइने पिडालु, सखरखण्ड समेत शरिरको लागि अत्यन्तै पोषक तत्व भएको खाने कुरा हो। पिडालुमा प्रशस्त मात्रामा कार्बोहाइड्रेड, क्याल्सियम हुने भएकाले  शरीरका लागि फाइदाजनक खानेकुरा हो।

तिलको लड्डु

 तिललाई हाम्रो देशमा  तिललाई धार्मिक रुपमा पनि पवित्र अन्नको रूपमा लिइन्छ। तिललाई हामीले खान्छौं पनि र धार्मिक कार्यमा प्रयोग पनि गर्छौं। तर, ल्याटिन अमेरिका र अफ्रिकाका देशहरुमा तिललाई प्रमुख खानेकुराको रुपमा प्रयोग गरिन्छ। तिललाई  अचारमा मिलाएर वा अन्य विभिन्न किसिमबाट खाने गरिन्छ। तिल खानको लागि जति स्वादिष्ट छ। त्यतिनै स्वास्थ्यको लागि फाइदाजनक खाद्य पदार्थ हो।

 तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन बी बढी हुने हुनाले हाम्रो शरीरलाई धेरै उर्जा दिन्छ।  तिल क्याल्सियम बढी हुने हुनाले गर्भवती महिलालाई  धेरै फाइदाजनक छ। तिलमा हुने क्याल्सियमले बच्चालाई दूध चुसाउने महिलाहरूको लागिसमेत राम्रो हुन्छ। यस्तै तिलमा हुने क्याल्सियम हड्डीलाई बलियो बनाउने हुदाँ वहड्डीसम्बन्धी बिरामी भएकाहरुलाई समेत तिले फाइदा गर्न गर्छ। आयुर्वेदिक दृष्टिले हेर्दा तिलले खोकीलाई कम गर्छ। तिल ढिला पच्ने भएकाले शरिरलाई लामो समयसम्म शक्ति दिइन्छ। यसले शरीरको कमजोरीपना पनि हटाउँछ।  तिल र तिलको तेल दुवै हाम्रो शरीरको लागि फाइदाजनक हुन्छ। जाडोमा यसको अझ बढी महत्व हुन्छ। जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा पुर्‍याउँछ।

पोषणविद् प्राडा. उमा कोइरलासँग गरिएको कुराकानीमा आधारित

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.