|

काठमाडौं : नेपालस्थित विभिन्न देशका राजदूतावासमा काम लगाइदिन्छु भनेर ठगी गर्ने गिरोह पक्राउ परेको छ।

पक्राउ पर्नेमा गिरोहका नाइके रमाकान्त चौहान भनिने रमाकान्त नौनियासहित पदम श्रेष्ठ, विनोद कार्की, सन्तोष कार्की तथा गीता महर्जन रहेका छन्।

उनीहरूले करिब ६० जनाबाट तीन लाखदेखि पाँच लाख रुपैयाँसम्म असुल गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ।

महाशाखाका अनुसार सप्तरी घर भई हाल काठमाडौं बस्दै आएका रमाकान्त चौहान भनिने रमाकान्त नौनियाले विभिन्न दूतावासका विभिन्न पदमा जागिर लगाइदिन्छु भनेर आश्वासन दिँदै ठगी धन्दा चलाएका थिए। जागिर नलागाइदिएपछि उनीहरूविरुद्ध ठगी गरेको उजुरी महाशाखामा आएको थियो।

ठगीको उजुरी बढ्दै गएपछि अनुसन्धान गर्दा यो गिरोह संलग्न रहेको महाशाखाले जनाएको छ। उनीहरूलाई पुस २९ गते शनिबार उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.