|

काठमाडौं : दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सञ्चालित क्यासिनो अन्नाका सयौँ मजदुरहरुलाई विनाकारण विचल्ली बनाएको र लामो समयदेखि पारिश्रमिकसमेत नदिई श्रमशोषण गरेको भन्दै सो समस्या समाधान गर्न मजदुरहरुले अन्तरर्ष्ट्रिय श्रम संगठनमा समेत निवेदन पेस गरेका छन्।

गत साता होटल प्रशासनले निवेदन लिन नमानेपछि मजदुरहरुले आइएलओमा निवेदन पेस गरेका हुन्। सो क्यासिनोमा कार्यरत ९ सय २२ जना मजदुरहरुले संयुक्त रुपमा शुक्रबार दिएको सो होटलकी कानुनी अधिकृत तथा सहायक प्रबन्धक अस्मिता बोहराले बुझ्न नमिल्ने भन्दै फर्काएको पीडित मजदुरले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.