|

भारत र दक्षिण अफ्रिकाबीच सेन्चुरियनमा जारी दोस्रो टेस्टको तेस्रो दिन भारतीय कप्तान विराट कोहलीले आफ्नो टेस्ट करिअरको २१औँ शतक प्रहार गरेका छन्।

यो शतकसँगै कोहलीले सचिन तेन्दुलकरपछि दक्षिण अफ्रिकामा शतक बनाउने दोस्रो भारतीय कप्तान बनेका छन्। सचिन तेन्दुलकरले आजभन्दा २१ वर्षअघि यही मैदानमा टेस्ट शतक प्रहार गरेका थिए। तर तेन्दुलकरपछि महेन्द्रसिंह धोनीदेखि राहुल द्रविडसम्म कुनै पनि कप्तानले शतकीय इनिङ खेल्न सकेनन्।

टेस्ट क्रिकेटमा २१ शतक बनाएपछि विराट कोहलीले डेविड वार्नर, हार्वी, ग्यारी क्रिस्टन, एन्ड्र्यू स्ट्राउट, एबी डिविलियर्स र डेविड बोन समान शतक बनाएका छन्। यद्यपि, अहिले भने डेभिड वार्नर र एविडिभिलियर्स मात्र सक्रिय टेस्ट खेलिरहेका छन्। २१ टेस्ट शतक प्रहार गर्ने क्रममा कोहलीले सर्वाधिक कम इनिङ खेलेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.