|

काभ्रेपलाञ्चोक : धुलिखेल नगरपालिका-७, हुर्खामार्गनजिकै मंगलबार बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन्। मृतक महिला जिल्लाकै त्रिपुरासुन्दरी गाउँपालिका-२ की वर्ष ४६ वर्षीया जुनीमाया थामी रहेको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए। ‘घटनाबारे अनुसन्धान भइरहेकाले शव उठाइएको छैन, हामी थप अनुसन्धान गरिरहेका छौं’ प्रहरी उपरीक्षक थापाले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.