|

काठमाडौं : नेपाल आर्थिक पत्रकार समाज (सेजन) र भरतराज उप्रेती फाउन्डेसनबीच आर्थिक कानुनबारे प्रशिक्षण दिने सम्झौता भएको छ। आर्थिक क्षेत्रमा कार्यरत पत्रकार रहेको संस्था सेजन र स्वर्गीय न्यायाधीश भरतराज उप्रेतीको स्मृतिमा स्थापित फाउण्डेसनबीच मंगलबार सम्झौता गरिएको हो। 

कानुनसम्बन्धी विषयमा जानकारी प्रदान तथा क्षमता अभिवृद्धि गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न यो सम्झौता गरिएको सेजनका अध्यक्ष पुष्पराज आचार्यले बताए। सम्झौताअनुसार नेपालको कानुन तथा न्याय प्रणाली र व्यावसायिक कानुन, ऊर्जा र पूर्वाधार निर्माण तथा सञ्चालनसम्बन्धी कानुन, सार्वजनिक खरिदसम्बन्धी कानुन तथा बौद्धिक सम्पत्तिको संरक्षण, उपभोक्ता संरक्षण र प्रतिस्पर्धासम्बन्धी कानुनबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। 

तीन महिनाभित्र सञ्चालन हुने कानुनसम्बन्धी प्रशिक्षण सम्झौतामा सेजनका अध्यक्ष आचार्य र फाउन्डेसनको तर्फबाट अध्यक्ष अञ्जु उप्रेती ढकालले हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार मंगलबार नै नेपालको कानुन तथा न्याय प्रणाली र व्यावसायिक कानुनबारे प्रशिक्षण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.