|

दिपक शर्मा

सल्यान : सल्यानका महिलाहरू पछिल्लो समय तरकारी खेतीमा लागेका छन्। महिलाहरूले गाउँगाउँमा समूह गठन गरेर तरकारी खेतीमा लागेका छन्। 

परम्परागत रूपमा तरकारी उत्पादन गर्दै आएका तर आवश्यक ज्ञान र सीप नहुँदा व्यवसायीक खेती गर्न नसकेका महिलाहरूलाई लक्षित गरेर गाउँ-गाउँमा कृषि उत्पादनसम्बन्धी तालिम दिन थालिएपछि महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। महिलाहरूलाई आयआर्जनको क्षेत्रमा अगाडि बढाउने उदेश्यका साथ कृषि, स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन प्रवर्द्धन पहल कार्यक्रमले गाउँगाउँमा कृषि उत्पादनसम्बन्धी तालिम दिदै आएको छ। 

पहल कार्यक्रमले सामूहिक रुपमा प्लाष्टिक घर दिएपछि सबैको नजर लागेको प्रगतिशील कृषक समूह दमाचौर-३ की अध्यक्ष प्रिती कुमारी चन्दले जानकारी दिए। उनले भनिन्, 'सुरुमा त समूहमा एउटा प्लाष्टिक घर दिएर के पो नै होला र भन्ने विश्वास लागेको थिएन तर समूहमा आवद्ध सबै मिलेर काम गर्न थालेपछि राम्रो उत्पादन हुन थाल्यो। यसपछि समूहमा बस्दैनौं भन्नेहरु पनि अहिले आइरहेका छन्।' 

यस्तै, मुलखोला बिउ उत्पादन कृषक समूह मैयानीकी अध्यक्ष कमला चन्दले पहल कार्यक्रमले आफू र आफ्नो समूहलाई निकै परिवर्तन गराएको बताए। 

कृषि उत्पादनको विषयमा महिला किसानलाई चाहिने मौसमी तथा बेमौसमी बीउ, प्राविधिक जानकारी, रोग किरा लागेमा तत्काल अपनाउनु पर्ने उपचार विधि र प्रकृया, तरकारी उत्पादनदेखी बजार व्यवस्थापनसम्मको सहयोग गर्दै आइरहेको पहल कार्यक्रम सल्यानका कार्यक्रम संयोजक दुर्गा पुनले जानकारी दिए। उनले भने, 'हामीले समूह गठन गरी समूहमा नै प्लाष्टिक घर निर्माण गर्न लगाउँछौ।' सो सामुहिक कार्यबाट प्रभावित भएर अहिले धेरै किसानहरु तरकारी खेती गर्दै आइरहेका छन्।

महिलाहरुको आर्थिक पक्षमा बलियो बनाउनको लागी आय आर्जनको कार्यक्रम अघि बढाइएको पुनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.