प्रदेश प्रमुखबारे छलफल नै भएन

|
File Photo

काठमाडौं : प्रदेशको अस्थायी राजधानी तोक्न र प्रदेश प्रमुख नियुक्त गर्नका लागि बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्यो।

बैठकको सुरुमा दुईओटा एजेन्डा प्रस्तुत गरियो। पहिलो एजेन्डा थियो, सातवटै प्रदेशका अस्थायी राजधानीको नाम भने अर्को थियो प्रदेश प्रमुखको सम्भावित नाम।

राम्ररी एजेन्डा प्रस्तुत भइनसक्दै सरकारका मन्त्रीहरुबीच प्रदेशको अस्थायी राजधानीका विषयमा विवाद सुरु भयो।

यो विवाद प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएको थियो, मन्त्रिपरिषद्को एजेन्डामा। उच्च अदालत रहेको र निर्वाचन आयोगले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरलाई तोकेको कुरालाई आधार बनाएर सबै प्रदेशका राजधानी सोही अनुसार तोक्ने एजेन्डामा थियो।

तर, मन्त्रीहरुले आफ्नो पायक पर्ने ठाउँलाई प्रदेशको राजधानी बनाउनुपर्ने भन्दै विवाद सुरु गरे। प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउन उद्योगमन्त्री सुनीलबहादुर थापाले अडान राखे। मन्त्री थापाको अडानपछि अन्य मन्त्रीहरुले पनि प्रदेशको राजधानी आफ्नै जिल्ला र पायक पर्ने ठाउँमा हुनुपर्छ भनेर अडान लिए।

मन्त्रीहरुबीच प्रदेशको राजधानी कहाँ राख्ने भन्नेबारे चर्को विवाद भएपछि प्रधानमन्त्रीले आफ्नो कार्यक्रम रहेको भन्दै मन्त्रिपरिषद् बैठक स्थगित गरेका थिए। उनले अपरान्ह ३ बजेसम्मका लागि मन्त्रीपरिषद बैठक स्थगित गरेका हुन्।

अब दिउँसो ३ बजे बस्ने बैठकले सबै मन्त्रीहरुको सहमतिमा प्रदेशका अस्थायी राजधानी तोक्नेगरी मन्त्रिपरिषद् बैठक स्थगित गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

मन्त्रिपरिषद्को दोस्रो एजेन्डा, प्रदेश प्रमुखको नियुक्तिबारे भने छलफल नै सुरु हुन पाएन। वाणिज्मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार प्रदेश प्रमुखका लागि नामहरु मात्रै प्रस्ताव गरिएको तर छलफल नभएको थाहाखबरलाई बताए। उनले ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुखको नियुक्तिबारे निर्णय लिने बताए।

प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगले सरकारलाई पटकपटक पत्र पठाएको छ। प्रदेश प्रमुखको नियुक्तिमा भएको ढिलाइले राष्ट्रिय सभाको निर्वाचन प्रभावित हुने भन्दै आयोगले पटकपटक अनुरोध गरेको हो।

यी पनि पढ्नुहोस् : मन्त्रिपरिषद् बैठक ३ बजेसम्मका लागि स्थगित

                          प्रदेश प्रमुख र कार्यालय अाज तोकिँदै

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.