|

काठमाडौं : वित्तीय जागरण राष्ट्रिय अभियानअन्तर्गत माघ १९ र २० गते काठमाडौंमा दोस्रो बैंकिङ एक्स्पो हुने भएको छ। नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा मिडिया इन्टरनेसनलले दोस्रो बैंकिङ एक्स्पो आयोजना गर्न थालेको हो।

दुई दिने एक्स्पोमा वित्तीय प्रविधि र सेयर बजारका विषयमा छलफलसमेत गरिने आयोजकले जनाएको छ। बैंक, वित्त, बीमा र पुँजी बजारसम्बन्धी गरी एक्स्पोमा ७० वटा स्टलहरू राखिएको छ।

विशेषगरी उद्यमी बन्न चाहने युवाहरूलाई लक्षित गरेर गरिएको एक्स्पोमा १० जोड २ र स्नातक पास गरेका विद्यार्थीलाई लक्षित गरिएको छ। बैंक तथा वित्तीय संस्थाले दिने गरेको ऋण, उपयोग र निकाल्ने तरिकाको विषयमा मेलामा जानकारी गराइने मिडिया इन्टरनेसनलका प्रबन्ध निर्देशक माधव निर्दोषले बताए।

मेलामा पछिल्लो वर्ष बैंकिङ क्षेत्रमा भित्रिएका १८ वटा प्रविधि र सेयर बजारको विषयमा अवलोकनकर्तालाई जानकारी गराइने जनाइएको छ। वित्तीय जागरण अभियानअन्तर्गत यसअघि सुनसरीको इटहरीमा पुस १४, १५ र १६ मा बैंक बीमा एक्स्पो आयोजना गरिएको थियो। गत बैशाख महिनामा पहिलो पटक बैंकिङ एक्स्पो सुरु गरिएकामा बैशाखमा विद्यार्थीलाई पढाइको चाप हुने र एक्स्पोमा उपस्थिति हुन नपाउने भएपछि माघमा सारिएको मिडिया इन्टरनेसनलले जनाएको छ। अबका दिनमा भने प्रत्येक वर्ष माघ महिनामा बैंकिङ एक्स्पो गरिने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.