|

कपिलवस्तु : सरकारले बुधबार प्रदेशका अस्थायी राजधानी टुंगो लगाएलगत्तै कपिलवस्तुमा अनिश्चितकालीन बन्द अाह्वान गरिएको छ।

प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही तोकिएपछि विरोधमा अनिश्चितकालीन कपिलवस्तु बन्द आह्वान गरेको कपिलवस्तु युवा संघर्ष समितिका संयोजक एवं एमाले नेता रउफ अहमद खाँले बताए।

जिल्लाको चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, जीतपुर, बहादुरगञ्ज, पकडी, मर्यादपुर लगायतका प्रमुख क्षेत्रमा वामगठबन्धनमा आबद्ध व्यक्ति तथा संघसंस्थाको समन्वयमा बिहीबारदेखि बन्द गरिने समितिका सदस्य बृजेश भटराईले जानकारी दिए।

जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पूर्ण गतिविधि बन्द गरिने समितिले जनाएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु खण्ड ठप्प पारिने भएको छ। सरकारले पुनर्विचार गरेर कपिलवस्तुलाई प्रादेशिक राजधानी नतोकिएसम्म बन्द फिर्ता नहुने समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.