|

बुटवल : प्रदेश नम्बर ५ को अस्थायी राजधानी रूपन्देही तोकेपछि दीपावली गरेर स्वागत गरिएको छ। रूपन्देहीको बुटवल, भैरहवा, मणिग्राम, मुर्गियालगायतका स्थानमा सर्वसाधारण स्वतःस्फूर्त सडकमा ओर्लिएर दीपावली गरेका हुन्।

 राजनीतिक दलहरूलेसमेत अस्थायी राजधानी रूपन्देही  तोकेपछि त्यसको स्वागतमा दीपावली गरेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमालेलगायतले चोकचोकमा दीपावली गरेर सरकारको निर्णयको स्वागत गरे।

सरकारले बुद्ध जन्मस्थल लुम्बिनीको सम्मानमा रूपन्देहीलाई राजधानी तोकेर न्याय गरेको भन्दै स्थायी राजधानी पनि रूपन्देहीमै हुने उनीहरूले बताएका छन् । 
एमालेबाट प्रदेशसभामा निर्वाचित सांसद भोजप्रसाद श्रेष्ठले रूपन्देही  नै पाँच नम्बर प्रदेशको राजधानी हुने बताए। यस्तै, कांग्रेसका रूपन्देही  सचिव रामकृष्ण खाँण, नेताहरू हरि लम्साल, खेलराज पाण्डे, युवराज गिरी, महेशमान सिंहलगायतले सरकारको निर्णयको स्वागत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.