|

महोत्तरी : आर्थिक अवस्था अत्यन्त दयनीय रहेकी गौशाला नगरपालिका– १० की १३ वर्षकी आसामा खातुन न्यानोको खोजीमा भौँतारिँदै आएकी छन्। शारीरिक रूपले अशक्त रहेकी आसामाकाे परिवारकाे आर्थिक अवस्था अत्यन्तै दयनीय रहेका कारण उनी चिसोबाट प्रताडित भइरहेकी छन्।

आसामा सरकारी सुविधाबाट पनि बंचित छन्। जन्मजात अपांग रहेकी आसामाको परिवारले अहिलेसम्म उनको अपांग परिचयपत्र बनाउन सकेको छैन। 

गाउँमा सिंहदरबार ल्याउने सपना देखाएर भोट लिएर गएका जनप्रतिनिधिहरूले अहिलेसम्म पनि अपांग परिचयपत्र बनाउनका लागि सहयोग नगरेको आसामाकी आमाले गुनासो गरिन्। जलेश्वरमा लगेर अपांग परिचयपत्र बनाएर ल्याउने भनेर स्थानीय तहका कर्मचारीहरूले टार्दै आएको तर त्यो अहिलेसम्म सम्भव नभएको उनकी आमाले बताइन्। 

यस सम्बन्धमा गौशाला नगरपालिका– १० का वडा अध्यक्ष शेख मोहम्मद जलिलले आफूले आसामा जस्ता अपांगको हकहित सोचेर पनि गर्न नसकेको स्वीकार गरे।

एक सय दिनको अवधिमा कार्यालय व्यवस्थापन हुन नसकेका कारण राहत वितरणमा ढिलो भएको वडा अध्यक्ष जलिलले बताए। गाउँमै सिंहदरबार ल्याउने सपना देखाएर चुनाव जितेका नेता तथा कार्यकर्ताको समयमा ध्यान जान नसक्दा यस क्षेत्रका हजारौँ गरिब, दलित एवम् अपांगहरू राहतबाट ब‌ंचित रहेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.