|

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपाल छ स्थान माथि उक्लिएको छ। फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १६५औँ स्थानमा छ। अघिल्लो महिना नेपाल १७१औँ स्थानमा थियो। 

सार्क क्षेत्रमा नेपाल तेस्रो स्थानमा रहँदा भारत शीर्ष स्थानमा कायमै छ। शीर्ष स्थानको भारत १०२औँ स्थानमा छ। भारत तीन स्थान माथि उक्लिएको हो। दोस्रो स्थानको माल्दिभ्स १५०औँ स्थानमा छ। त्यस्तै, नेपालभन्दा मुनि भुटान १८८, बंगलादेश १९७, श्रीलंका २०० र पाकिस्तान २०१औँ स्थानमा छन्।

विश्व बरियताको शीर्ष स्थानमा जर्मनी रहँदा दोस्रोमा ब्राजिल, तेस्रोमा पोर्चुगल, चौथोमा अर्जेन्टिना र पाँचौँमा बेल्जियम छन्। त्यस्तै, स्पेन, पोल्याण्ड, स्वीट्जरल्याण्ड, फ्रान्स र चिली क्रमश: छैटौँदेखि दशौँ स्थानमा रहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.