|

संघर्षपूर्ण खेलमा रियल म्याड्रिड अन्तिम समयको गोलसँगै लगातार तीन खेलपछि पहिलो जित निकाल्न सफल भएको छ। कोपा डेल रेको क्वाटरफाइनलअन्तर्गत लेगानेसविरुद्ध बिहीबार राति भएको खेलमा मार्को असेन्सियोले ८९ औं मिनेटमा गरेको गोल निर्णायक भयो।

रियल प्रशिक्षक जिदाने जिदानले अधिकांश खेलाडीलाई आराम दिँदै दोस्रो रोजाइका खेलाडीलाई मैदानमा उतारेका थिए। रियलले अर्को साता दोस्रो लेगमा घरेलु मैदान सेन्टीइगो बर्नेबाउमा लेगानेस विरुद्ध दोस्रो लेग खेल्दैछ। खेलमा रियलविरुद्ध घरेलु मैदानमा लेगानेसले दोस्रो हाफमा गरेको प्रहार बारमा लागेर फर्किएपछि गोल गर्ने अवसर गुमाएको थियो ।

८९ औं मिनेटमा थियो हर्नान्डेजको क्रसलाई सदुपयोग गर्दै रियललाई असेन्सियोले गोल गर्दे निर्णायक अग्रता दिलाए। पहिलो रोजाइबाट ड्यानी कार्बाहल र राफेल भरानलाई मात्र सुरुआती ११ मा राखिएको थियो। गोल ननस्किएपछि जिदानेले लुका मोड्रिक र इसकोलाई दोस्रो हाफमा मैदान छिराएका थिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.