|

काठमाडौं : धितोपत्र बजारमा लगानी गर्न चाहनेलाई नयाँ अवसर जुट्ने भएको छ। चालू आर्थिक वर्षमा विभिन्न कम्पनीले १६ अर्ब २५ करोड रुपैयाँभन्दा बढी मूल्यका साधारण सेयर (आईपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ) जारी गर्ने भएपछि लगानीकर्ताले लगानी अवसर पाउने भएका हुन्।

सेयर निष्कासनका लागि नियामक नेपाल धितोपत्र बोर्डमा २८ कम्पनीले आवेदन दिएका छन्। आवेदन दिएका कम्पनीमध्ये १२ वटा कम्पनीले सेयर निष्कासनका लागि अनुमति पाइसकेका छन्। बाँकी १६ कम्पनीले सेयर निष्कासनका लागि बोर्डको निर्णयलाई पर्खेर बसेका छन्।

यो वर्ष जलविद्युत् कम्पनी, माइक्रोफाइनान्स तथा इन्सुरेन्स, विकास बैंक तथा एउटा वाणिज्य बैंकले उक्त मूल्यबराबरको आईपीओ र एफपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन्।

बोर्डाबट अनुमति पाएपछि कम्पनीले सेयर निनष्कासन प्रक्रिया अघि बढाउन पाउनेछन्। बोर्डले सेयर निष्कासनका लागि प्रक्रिया पुगे नपुगेको हेरेर प्रक्रिया पूरा गरेका कम्पनीलाई सेयर निष्कासनका लागि अनुमति दिने गरेको छ। ती कम्पनील १६ अर्ब २५ करोड ४२ लाख रुपैयाँ बराबरका २४ करोड ८५ लाख ८३ हजार ९ सय ५५ कित्ता सेयर जारी गर्न लागेका हुन्।

१३ वटा जलविद्युत् कम्पनले आईपीओ निष्कासन गर्न बोर्डमा आवेदशन दिएर पाइपलाइनमा बसेका छन् भने निष्कासनका लागि अनुमति पाएका १२ कम्पनीमध्ये पाँचवटा जलविद्युत् कम्पनी आईपीओ र बुटवल पावर कम्पनीले एफपीओ निष्कासन गर्न आनुमति पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.