|

दाङ : २८ औं राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार आर्मी र पुलिस भिड्दैछन्। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल प्रहरीको महेन्द्र क्लबबीच भिडन्त हुन लागेको हो। 

घोराहीको भरतपुर खेल मैदानमा दिउँसो १ बजे  खेल हुने दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले जानकारी दिए। सुदूरपश्चिमाञ्चल क्षेत्रीय टिमलाई १ विरुद्ध २ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको आर्मी क्लब र सशस्त्र प्रहरीलाई १ विरुद्ध २ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको पुलिस क्लब उपाधिका लागि भिड्न लागेका हुन्।

तेस्रो स्थानका लागि शनिबार बिहान ९ बजे खेल सुरु भएको छ। सेमिफाइनलमा पराजित सुदूरपश्चिमाचल क्षेत्रीय टिम र सशस्त्र प्रहरीको टीमबीच भरतपुर मैदानमा खेल जारी रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.