|

बैतडी : अत्यधिक चिसो बढेपछि बैतडीको पुर्चौडी नगरपालिका-२ महादेवस्थनका ३० जना वृद्धवृद्धाहरुलाई कम्बल वितरण गरिएको छ। वृद्धाहरुलाई सम्मानका लागि छुट्याइएको बजेटबाट वडा कर्यालयले ३० जना वृद्धवृद्धालाई कम्बल वितरण गरेको हो।

प्रतिकम्बल २५ सय रुपैयाँ पर्ने गुणस्तरीय न्यानो कम्बल ३० जना वृद्धवृद्धालाई बाँडिएको वडा सचिव पृथ्वीराज पन्तले बताए। ‘धेरै चिसो बढेपछि राम्रो गुणस्तरको कम्बल वडा गरिब विपन्नलाई प्राथामिकता दिएर ३० जना वृद्धवृद्धालाई दिएका छौं,’ उनले भने।

वडा अध्यक्ष चक्रबहादुर बम  र नगरपालिकाका उपप्रमुख जानकी ऐरबमको प्रमुख आतिथ्यतामा सम्पन्न एक कार्यक्रमबीच वृद्धवृद्धालाई न्यानो कम्बल बाँडिएको हो। कठ्यांग्रिदो चिसोमा न्यानो कम्बल पाएपछि वृद्धवृद्धाहरुलाई राहत भएको छ।

चिसोमा वडा कार्यालयबाट न्यानो सम्मान पाउँदा खुसी गालेको न्वाघरका ९३ वर्षीय जयमति बमले बताइन्। ‘अहिले सरकारले राम्रो काम गरेको छ धेरै खुसी लागेको छ,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.