|

सोलुखुम्बु : मान्यता प्राप्त स्वास्थ्य संस्थामा प्रसुति गराएबापत थुलुङ दूधकोसी गाउँपालिकाले प्रोत्साहन भत्ता दिने भएको छ। स्वास्थ्य संस्थामा गएर प्रसूति गराउने महिलालाई प्रत्सोहनस्वरूप पाँच हजार रुपैयाँ दिने भएको हो। 

गाउँपालिकाको प्रथम गाउँसभाले गरेको उक्त गरेको निर्णय शुक्रबारदेखि लागू भएको गाउँपालिकाका अध्यक्ष असिम राईले जानकारी दिए। ‘स्वास्थ्य संस्थामा प्रसुति गराएको कागजात पेस गर्ने महिलालाई गाउँपालिकाको तर्फबाट पाँच हजार रुपैयाँ पाउँछन्,’ अध्यक्ष राईले भने, ‘गर्भवती आमा र नवजात शिशुको जीवन रक्षा गर्नु स्थानीय तहको जिम्मेवारी हो।’ आर्थिक अभावले घरमै प्रसूति गराउँदा आमा र शिशुको अकालमै मृत्यु हुने घटना भइरहेकाले प्रोत्साहन भत्ता प्रदान गरेको अध्यक्ष राईले बताए। 

साविक ७ वटा गाविस मिलाएर निर्माण गरिएको थुलुङ दुधकोशी गाउँपालिकामा ९ वटा वडा रहेका छन्। १९ हजार ६ सय ७२ जनसंख्या भएको विकटता यस गाउँपालिकाका वडा नम्बर ४, ५ र ९ मात्र सडक सञ्जाल जोडिएको छ। बिरामी भएमा साविक लोखिम र जुबुका स्थानीयले हेलिकप्टर प्रयोग गर्ने बाध्यता रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.