|

गोरखा : शाह वंशका पहिलो राजा द्रव्य शाहको शालिक अनावरण गरिएको छ।

शनिबार एक कार्यक्रम आयोजना गरेर द्रव्य शाहले राज्याभिषेक गरेको गरेको चौतारमा नै उनको शालिक निर्माण गरिएको हो।

गोरखा उद्योग वाणिज्य संघको 'एक गाउँ एक उत्पादन' कार्यक्रम अन्तरगत गोरखा नगरपालिका ५ स्थित द्रव्य शाहले राज्याभिषेक गरेकै चौतारामा उनको आर्ध कदको शालिक राखिएको हो। शालिकको अनावरण राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गरे। शाहले विस १६१६ भदौ २५ गते गोरखा राज्य विजयी गरी सोही पस्लाङ चौतारामा नारायणदास अर्यालबाट राज्याभिषेक गरेका थिए। अहिले पनि गोरखा नगरपालिका पाँच स्थित पस्लाङ चौतारालाई द्रव्य शाह चौतारा समेत भन्ने गरिन्छ।

लमजुङका राजा यशोब्रम्ह शाहका छोरा द्रव्य शाहले लिगलिगकोटमा हमला गरी लडाईमा विजय हासिल गरेको इतिहासमा उल्लेख छ।

द्रव्य शाहले लिगलिगकोटमा जित हासिल गर्न गोरखाका विभिन्न छ थर भएका व्यक्तिहरुलाई प्रयोग गरेका थिए। पाण्डे, पन्त, अर्याल, खनाल, राना र बोहोराले लिगलिगकोटमा विजयी हासिल गर्न शाहलाई सहयोग गरेको शालिक अनावरण कार्यक्रममा उपस्थित इतिहास विद् दिनेशराज पन्तले बताए।

पस्लाङमा गोरखा उद्योग वाणिज्य संघ गोरखाको सहयोगमा १३ घरमा पर्यटन प्रवर्धन गर्नका लागि होमस्टे सञ्चालनमा छ। भूकम्पले ध्वस्त संरचनालाई पुनर्निर्माण गरी पुनः होमस्टे सञ्चालनमा आएको हो। शालिक अनावरण कार्यक्रममा बोल्दै योजना आयोगका उपाध्यक्ष वाग्लेले भने, ‘गोरखाको विकासको मुख्य बाटो भनेकै धार्मिक तथा इतिहास हो, त्यस पछि अरुअरु आउँछन्।’

गोरखाले आफ्नो इतिहासलाई प्रचारमा लैजान सबै क्षेत्रबाट पहल र कदम चाल्नुपर्नेमा जोड वाग्लेले जोड दिए।

करिब पाँच लाख रुपैयाँमा ललितपुरका मुर्तिकार प्रचण्ड शाक्यले  द्रव्य शाहको शालिक निर्माण गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.